अत्तरियामा रहेको एनआईसी एसिया बैंकमा रहेको एटीएम तोडफोड
धनगढी, १८ बैशाख । कैलालीको अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएममा तोडफोड गरिएको छ । ईलाका प्रहरी कार्यालय माखाखेतीका अनुसार गए राति ११ बजेको समयमा एटीएममा रहेको पैसा चोरी गर्नका लागि एटीएम तोडफोड गरिएको हो ।
अत्तरियाको महेन्द्रनगर रोड स्थित रहेको बैंकको तल्लो तलामा रहेको एटीएम तोडफोड गरिएपनि त्यो भित्र रहेको पैसा भने सकुसल रहेको छ । एटीएम भित्र १६ लाख भन्दा बढि रकम रहेको जानकारी आएको बताउदै ईलाका प्रहरी कार्यालय माखाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले त्यो सबै पैसा सबै सकुसल रहेको बताए ।
एटीएम तोडफोडमा प्रयास धेरै गरेको देखिन्छ तर भने पैसा लैजाने प्रयास भने बिफल भएको छ उनले भने । उनले उक्त कार्यमा संग्लग्नको तिब्र रुपमा खोजी भैरहेको बताए । अत्तरिया चोकवाट नजिकै रहेको र धेरै बैंकहरुको एकै ठाउ भएपनि ११ बजेको समयमा एटीएमवाट पैसा चोरी गर्ने प्रयास हुनुले सुरक्षा चुनौती थपिएको छ ।
१८ वैशाख २०७७, बिहीवार ०७:५६ बजे प्रकाशित































