punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेसबुकको यी नियम पालना नगरे बन्‍द होला अकाउन्‍ट

Chaupati
safha napa

हालै फेसबुकले आफ्नो कम्युनिटी गाइडलाइन राम्रोसँग पालना नगर्ने फेसबुक एकाउन्टलाई स्थायी तथा अस्थायी बन्दलाई तीव्रता दिएको छ । गत डिसेम्बरको अन्त्यमा नेपालबाट पनि निकै फेसबुक खाता निस्क्रिय भएको थियो । फेसबुकले खाता बन्द गरेपछि यसलाई रिभ्यु गर्न १ महिना समय दिएको हुन्छ तर कतिपयले डिसेबल्ड भएको फेसबुक एकाउन्टको रिभ्युको लागि रिक्वेष्ट पठाउन सकेका छैनन् । रिभ्युका लागि रिक्वेष्ट गर्दा कोभिडका कारण हाल कर्मचारी कम रहेको भन्ने जवाफ फेसबुकले दिने गरेको छ ।

यसरी फेसबुकले हाल निकै सानो गल्ती तथा कम्युनिटी गाइडलाइन पालना नगर्ने खातालाई ७२ घण्टादेखि सधैँको लागि समेत बन्द गर्ने गर्छ । कतिपय अवस्थामा फेसबुकले आलोचना गरेको आधारमा समेत फेसबुक एकाउन्ट बन्द गर्दै आएको छ । केहि समयअघि भारतमा मोदीको आलोचना गर्ने पेज तथा एकाउन्टहरू बन्द गरेको थियो । फेसबुक आफ्नो कम्युनिटी गाइडलाइन पालना नगर्नेको खाता चेतावनी तथा बिना चेतावनी बन्द गर्न सक्छ ।

के हुँदा फेसबुकले आफ्नो कम्युनिटी पालना नगरेको मान्छ ?
आतंकवादी क्रियाकलाप
हिंसा र आतंकवादी क्रियाकलापमा देखिएका फेसबुक खातालाई फेसबुकले शंका लागेमा तुरुन्तै निस्क्रिय गर्न सक्नेछ । फेसबुकले प्रयोगकर्ताको हरेक एकाउन्टलाई निकै सुक्ष्म रोबोटिक सिस्टमबाट नियालेको हुने हुँदा यससम्बन्धि कुनै छनक पाएमा मात्र पनि फेसबुकले कारबाही गर्ने गरेको छ ।

सुरक्षा
फेसबुकले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । सुरक्षा अन्तर्गत यसमा हुने यौनजन्य सामाग्रीदेखि लिएर बुलिङ जस्ता कुरा भएमा केहि समयको लागि चेतावनी स्वरूप बन्द गर्ने गरेको छ । त्यस्तै बालबालिका जन्य यौन सामाग्री सेयर गरेमा भने फेसबुकले च्याट सुविधा तथा लाइकजस्ता यसको फिचर अस्थायी रूपले बन्द गर्ने गरेको छ । यदि पटक(पटक दोरिएमा भने खाता सधैँको लागि बन्द हुने हुन्छ ।

आपत्तिजनक सामग्री
फेसबुकले कतिपय अवस्थामा आपत्तिजनक सामग्री पोस्ट गरेको आधारमा समेत खाता बन्द गर्ने गरेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातासमेत बन्द गरेको थियो । घृणा फैलाउने सामग्री तथा आपत्तिजनक ग्राफिक सेयर गर्दा समेत फेसबुकले सहँदैन । यौनजन्य सामग्रीमा शिक्षा फैलाउने उद्देश्य देखिएमा भने फेसबुकले त्यसलाई केही गर्देन ।

स्पाम लिंक
फेसबुकमा स्पाम लिंक सेयर गर्दा समेत फेसबुकले खातालाई अस्थायी तथा स्थायी रूपले बन्द गर्ने गर्छ । फेक लाइक, सेयर बढाउन प्रयोग गरिने साइटहरूको प्रयोग गर्दा पनि फेसबुकले खाता बन्द गर्ने गरेको छ । त्यस्तै गलत समाचार सेयर गरे बापत फेसबुकले कारबाही गर्छ । गलत समाचार सेयर गरेमा फेसबुक खाता केही समय तथा सधैँको लागि समेत बन्द गर्ने गरेको छ ।

कपी राइट
कसैको बौदिक सम्पतीलाई अनुमतिबिना प्रयोग गरेमा समेत फेसबुकले त्यसमा कारबाही गर्ने गरेको छ । अरूको बौदिक सम्पती सेयर गर्दा त्यसको मालिकले रिपोर्ट गर्दा फेसबुकले अत्यन्तै गम्भीर तरिकाले लिने गरेको छ । यसरी कतिपय अवस्थामा आफूले प्रयोग गर्ने पेज तथा ग्रुपले फेसबुकको कम्युनिटी गाइडलाइन पालना नगरेको अवस्थामा समेत त्यसको प्रभाव खातामा पर्न सक्ने हुन्छ । यसले पेज तथा ग्रुप एवं फेसबुक अकाउन्टै बन्द हुनसक्छ ।


३० पुस २०७८, शुक्रवार १०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु