कोरोनाका कारण हालसम्म २ लाख १७ हजार बढीको मृत्यु

काठमाडौँ ,बैशाख १७ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को सङक्रमण बाट २ लाख १७ हजार बढीको मृत्यु भएको छ । आज बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७ सय ८४ को मृत्यु भएको हो । विश्वभर ३१ लाख १४ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनाको सङक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा ५९ हजार २ सय ४६ को मृत्यु भएको छ । इटलीमा २७ हजार ३ सय ५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ ।

कोरोना संक्रमणकै कारण फ्रान्समा २३ हजार ६६० को ज्यान गइसकेको छ भने बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ ।

हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ।

नेपालमा पनि हालसम्म ५४ जनामा संक्रमण देखिए पनि १६ जना निको भएर घर फर्किसकेका छन् ।


१७ वैशाख २०७७, बुधवार ०२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु