कैलालीमा लक डाउनमा थप कडाई
धनगढी, १६ बैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न कैलालीमा आजबाट थप कडा गरिने भएको छ । गृह मन्त्रालयले आफु मातहतका निकायलाई निर्देशनपछि दिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले पनि लकडाउनमा कडाई गरेको हो ।
गृह मन्त्रालयको लक डाउनलाई कडाईका साथ कार्यान्वयन गर्नु भन्ने निर्देशनपछि आजदेखि स्थानीय प्रशासनले लकडाउनमा कडाई गर्दै सम्पूर्ण पासहरु खारेज गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीय सरकारहरुले बिचल्लीमा परेका सर्वसाधारणहरुलाई आफूखुशी ओसार्ने कार्य पनि आजदेखि पूर्ण रुपमा रोक लगाएको बताए ।
देशका विभिन्न क्षेत्रमा लकडाउनको समयमा पनि उल्लंघन बढेपछि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृहले परिपत्र गरेपछि कैलालीमा पनि कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले विना पासका गाडी रोक्न निर्देशन दिईसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले अत्यावश्यक सेवा मात्रै सञ्चालन गरिने बताए ।
आजदेखि अत्यावश्य काम बाहेक बाहिर घर बाहिर पनि निस्कन समेत रोक लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१६ वैशाख २०७७, मंगलवार ०४:२३ बजे प्रकाशित













