गजल
म लाई गर्भ छ म कामी भयर
हामी गर्ने छु कर्म नामी भएर
तब देश मा छुवाछूत बढेको हो
दुईचार जना गाउँमा हरामी भएर
पल्ला घर साईली को ज्यानै गयो
अधै पनि अन्धविश्वास धामी भएर
हामी पाखुरा चलाएर खाने मान्छे हौ
बाच्न चाहँदैन कसैको गुलामी भएर
सभ्य समाज को संस्कार सिकाएर
हामी सबै बाँच्न सिकौँ दामी भएर
दिपक संगम विश्वकर्मा ९डोटेली मायालु कान्छो०
टीकापुर ,कैलाली नेपाल
१७ पुस २०७८, शनिवार १८:५२ बजे प्रकाशित













