पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी शुरुआत गरेको छ।आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको हो।

बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो।डोटीका लागि क्रिस ऐरले ३८, हृदय विडारीले २८, खगेन्द्र जोशीले २३, आयुष खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे। यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १र१ विकेट लिए।त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो। जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे।

यस्तै गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए। डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १र१ विकेट झारे।

बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ टोली सहभागी छन्। सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ।

उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुँदै छ।


१७ पुस २०७८, शनिवार १८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु