punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ।विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ।

‘प्रधानन्यायाधीश, उहाँको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ, उजुरीमाथि छानबिन सुरू भएको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने, ‘अनुसन्धान अधिकृत तोकेर छानबिन गर्ने तयारी हाम्रो छ।’

पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान गरिने भट्टराईले बताए।‘हामी उहाँको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्छौं, अनुसन्धानले जे देखाउँछ सोहीअनुसार काम अघि बढ्छ,’ भट्टराईले भने।

बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ। राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ।राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो।

यसैगरी, जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको छ।बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए।

उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरेका थिए।‘पदमा रहेका प्रधानन्यायाधीश, न्यायाधीशहरूको सम्पत्ति अनुसन्धान गर्न मिल्दैन, पदबाट अवकाश पाएपछि भने मिल्छ,’ भट्टराईले भने।

संगठित प्रकृतिको अष्ट गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ ले कसुर मानेका गैरकानुनी वा धुर्त्याइँपूर्वक असूली , भ्रष्टाचार तथा घुस, ठगी, आपराधिक लाभ, मुद्रा, बैकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकार पत्र तथा घर, जग्गा र सम्पत्ति सम्बन्धी कसुरमा संलग्न भएर अर्बौंको सम्पत्ति शद्धीकरण गरेको उनीहरूको आरोप उजुरीमा लगाइएको छ।


१२ पुस २०७८, सोमवार १७:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु