punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी नेता-कार्यकर्ताले १५ दिन श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राखेका छन् ।सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने उनले प्रस्ताव गरेका छन् ।

उनले मओवादीले नेतृत्व जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव गरेका छन् । त्यस्तै माओवादीले नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव गरेका छन् ।

प्रचण्डले माओवादीले नेतृत्व गरेको प्रदेशमा १०० जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने प्रस्ताव गरेका छन् ।त्यस्तै केन्द्रमा पनि कृषि र श्रमसँग जोड्ने गरी कार्यक्रम बनाउन पहल गर्ने प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

 


१२ पुस २०७८, सोमवार १६:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु