punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महामन्त्रीको मतगणना : १०० मत गणना गर्दा गगन ७० मत

Chaupati
safha napa

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाले प्रारम्भिक अग्रता बनाएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा गगन थापाले अग्रता बनाएका हुन्।

१०० मत गन्दा गगनले ७० मत पाएका छन्। विश्वप्रकाश शर्माले ३४, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७  र मिनेन्द्र रिजालले २१ मत पाएका छन्।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन्।

त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ ले मतदान गरेका थिए।

सभापतिमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुन: मतदान भएको थयो। उक्त मतदानबाट शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भएका थिए।

सभापतिको नजिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।


१ पुस २०७८, बिहीवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु