काँग्रेस महामन्त्रीमा गगनलाई अग्रता, दोस्रोमा विश्वराज
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । ६०० मत गन्दा गगनकुमार थापाले ३८१ मत ल्याएर शीर्षस्थानमा कायम छन् । उनी सुरुवातदेखि शीर्षमै थिए । दोस्रोमा विश्वप्रकाश शर्माले २३१ मत ल्याएका छन् ।
यस्तै प्रदीप पौडेलले २०६ र प्रकाशशरण महतले २०१ मत ल्याएका छन् । अर्का महामन्त्रीका प्रत्याशी मीनेन्द्रप्रसाद रिजालले १०१ मत ल्याएका छन् ।
१ पुस २०७८, बिहीवार १२:११ बजे प्रकाशित













