देउवासँग असन्तुष्ट मीन विश्वकर्माले मनोनयन फिर्ता लिए
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।दलित खुलातर्फबाट शनिबार मनोनयन दर्ता गराएका उनले सोमबार उक्त पदमा दिइएको उम्मेदवारी फिर्ता लिएका हुन् ।
विश्वकर्माले केन्द्रीय निर्वाचन समितिका निर्वाचन अधिकृतलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन भनेका हुन्।कांग्रेसको महाधिवेशनका क्रममा पाँचजना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको छ।
विश्वकर्माले सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री पदमा उठ्न चाहेका थिए। तर उक्त पदमा उठ्न नपाएका उनी असन्तुष्ट थिए।सभापति देउवाले सहमहामन्त्री पदमा आफूलाई नसमेटेपछि असन्तुष्ट विश्वकर्माले त्यहीकारण उम्मेदवारी फिर्ता लिएको बताएको छ।
२६ मंसिर २०७८, आइतवार १२:१४ बजे प्रकाशित






























