punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकाबाट साढे १९ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो

Chaupati
safha napa

कोरोना विरुद्धको अमेरिकी कम्पनी मोडर्ना खोप १९ लाख ६५ हजार ६ सय डोज खोप आज नेपाल आइपुगेको छ।उक्त खोप आइतबार बिहान कतार एयलाइन्समार्फत आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

उनका अनुसरा यो खोप कोभ्याक्स सुविधामार्फत आइपुगेको बताए। हाल यो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारकक्ष लगेर राखिएको उनले बताए।गत बिहीबार पनि यो खोप १४ लाख ९८ हजार ६ सय डोज आइपुगेको थियो। यस्तै त्यसभन्दा अगाडि १ लाख ८८ हजार मात्रा खोप आएको थियो।

आज आएको मोडर्ना खोपसँगै ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा आइपुगेको छ।सरकारले मोडर्ना खोप सरकारले आगामी पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै लगेर लगाउने तयारी गरेको छ। पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई यो खोप दिने तयारी गरेको हो।


२६ मंसिर २०७८, आइतवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु