punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय डेढ घण्टा थपियो

Chaupati
safha napa

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ। पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको छ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएको थियो।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो।


२६ मंसिर २०७८, आइतवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु