punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् ।अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश अध्यक्षको आकांक्षी छन् ।

यद्यपि माओवादी नेताहरु सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउँछन् । ‘माथिल्लो तहका नेताहरुले अहिलेका अध्यक्ष भण्डारीको अध्यक्षतामा प्रदेश कमिटी विस्तार गरौँ भन्ने प्रस्ताव राखेका छन्’ एक नेताले भने, ‘तर दोस्रो तहका नेताहरु भण्डारीलाई सर्वसम्मत अध्यक्ष स्वीकार्ने पक्षमा छैनन् । बरु निर्वाचन प्रक्रियामा जानुुपर्छ भन्ने उहाँहरूको माग छ ।’

प्रदेश सचिव चौधरी पनि नेतृत्वका लागि आफूलाई योग्य ठानेर आकांक्षा राख्नु स्वाभाविक भएको बताउँछन् । तर अध्यक्ष तथा अन्य प्रदेश पदाधिकारीका आकांक्षीहरूले अहिले नै मुुख खोलिसकेको अवस्था भने छैन । अध्यक्षका आकांक्षीमा अधिकांश केन्द्रीय सदस्य भएकाले एक व्यक्ति, एक पदको नीति उनीहरुका लागि बाधक बन्न सक्ने विश्लेषण पनि गरिएको छ ।

केन्द्रीय सदस्य भएका व्यक्तिले प्रदेश कमिटीमा दाबी पेश गर्न नपाउने प्रावधान भएकाले त्यसलाई जोडदार रुपमा कार्यान्वयन गरिनुुपर्ने आवाज पनि उठेको नेताहरू बताउँछन् ।सुदूरपश्चिममा कुल २२३ सदस्यीय प्रदेश समिति रहने माओवादी केन्द्रले जनाएको छ ।

पार्टीको अन्तरिम विधान २०७८ अनुसार बन्ने प्रदेश समितिमा अनिवार्य रुपमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ।

प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् । निर्वाचित कमिटीले कुल संख्याको १० प्रतिशत मनोनयन गर्नेछ ।

शनिबार पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल ९प्रचण्ड०ले सात वटै प्रदेशको सम्मेलन एकसाथ उद्घाटन गरेका थिए । माओवादी केन्द्रका प्रदेश सचिव नेपबहादुुर चौधरीले आइतबारको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीका विभिन्न प्रतिवेदन प्रस्तुुत गर्ने र नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया थाल्ने जानकारी दिए ।


२६ मंसिर २०७८, आइतवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु