punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफ क्लब खेल्दै

Chaupati
safha napa

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफ क्लब खेल्दैछन् ।खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले एकरएक गोलको बराबरी खेलेका थिए । तीन खेल खेलेको एपीएफले अहिलेसम्म जितेको छैन ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोलले दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० ले र तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो । अङ्कविहीन एपीएफ पुछारमा रहेको छ ।


२६ मंसिर २०७८, आइतवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु