punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनु पर्ने

Chaupati
safha napa

ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् ।

बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्टा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो। तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमण नदेखिएको वैज्ञानिकले बताएका छन् ।

यसको अर्थ तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको भनाइ छ । यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएर अहिले विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा धेरै उत्परिवर्तन ९म्युटेशन० भएको हो ।


२५ मंसिर २०७८, शनिवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु