म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेका छन् : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् ।ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।
पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे ।
देउवाले भने – एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस ।
२४ मंसिर २०७८, शुक्रवार १९:०३ बजे प्रकाशित






























