punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्यटन प्रबर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुने

Chaupati
safha napa

पर्यटन प्रबद्र्धनका लागि सुदूरपश्चिममा पर्यटन साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा आगामी पुस ३ गतेदेखि ५ गतेसम्म सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ हुन लागेको हो ।

मन्त्रालयले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्रा आयोजनाबारे जानकारी दिएको हो । ७० जना भन्दा बढी साइकल यात्रीहरु प्रदेश बाहिरबाट आउने र ३० जना बढी सुदूरपश्चिमकै यात्री गरेर एक सय भन्दा बढी यात्रीले साइकल यात्रामा सहभागिता जनाउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले बताए ।

उनले भारतको उत्तर प्रदेश, उत्तराखण्ड र पटना, बरेलीलगायतबाबाट साइकल यात्रीहरू धनगढी आउने जानकारी दिए । नेपालको काठमाडौँ, पोखरा, नेपालगन्ज दाङलगायतबाट साइकल यात्रीहरु सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

उनका अनुसार साइलक यात्रालाई दुई भागमा विभाजन गरिएको छ । जस अनुसार पहिलो दिन धनगढीदेखि अत्तरियासम्म साइकल यात्रा गरिनेछ । जसमा जोसुकैले पनि सहभागिता जनाउनसक्ने छन् । दोस्रो चरणमा धनगढीदेखि जोरायलको बुडरसम्मको यात्रा हुने छ । तीन दिनसम्म हुने यात्रामा देश भित्र र बाहिरबाट आएका साइकल यात्रीहरुले सहभागिता जनाउने छन् ।

साइकल यात्राले यहाँको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुर्याउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख पाठकले बताए । उनले साइकल यात्रा तराई, चुरे पहाड र उच्चो पहाडसम्म हुने भएकाले यसले यहाँको प्रकृतिको पनि अवलोकन गर्न सकिने बताए ।

‘साइकल यात्रामा देशभित्र र बाहिरका थुप्रै साइकल यात्रीहरु आइरहेका छन्,’ उनले भने, ‘साइकल यात्रामा सहभागी हुने हरेकले सुदूरपश्चिम प्रदेशको भौगोलिक छटाको प नि अवलोकन गर्न पाउनेछन् । यसले यहाँको पर्यटन विकासमा भूमिका खेल्छ ।’ उनले यहाँ सहभागिता जनाउन आउने यात्रीहरु बडिमालिक, खप्तडलगायतका पर्यटकीय क्षेत्रमा जान इच्छिुक रहेको बताए ।

नेपालमा पहिलो पटक नेपाल र भारतबाट ठूलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको फारवेस्टर्न राइडरका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए । साइकल यात्रामा करिब चार लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।


२४ मंसिर २०७८, शुक्रवार १८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु