punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६ वटा निर्माण कम्पनी कालोसूचीमा

Chaupati
safha napa

सरकारले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाण्डौ सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रा लि, पुरानो बानेश्वरको निलगिरि निर्माण सेवा, तारेकेश्वर नगरपालिकाको च्याङ्ग्रासी निर्माण सेवा, कमलादीमा रहेको एसएसएम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको हो ।

यस्तै, बाँकेका एसएनसी निर्माण सेवा र त्रिदेव निर्माण सेवा पनि कालोसूचीमा परेका छन् । निलगिरिलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

unn.prixa.net


२३ मंसिर २०७८, बिहीवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु