punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका सात स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

Chaupati
safha napa

नेकपा(माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ।नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुर्नवास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेका हो।

नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवं युथ कम्युनिष्ट लिग९वाइसिएल०का सुदूरपश्चिम सह संयोजक अर्जुन साउदले बताए।

उनका अनुसार बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ। बेलडाँडी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ।पुनर्वास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति चयन गरिएको जिल्ला समिति सदस्य साउदले जानकारी दिए।

भीमदत्त नगरपालिकामा असोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय,कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ।

‘दोधारा चाँदनी नगरपालिकामा मंगलबार नयाँ नेतृत्व चयनका लागि सम्मेलनको आयोजना भएको हो’ जिल्ला समिति सदस्य साउदले भने, ‘बुधवार सम्म नयाँ नेतृत्व चयन भइसक्छ। शुक्लाफाँटा नगरपालिकामा नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतीका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ।’

नेकपा९माओवादी० केन्द्रले सम्मेलनको आयोजना गरी नगरपालिका र गाउँपालिमा चयन गरेको नयाँ नेतृत्वमा सबै जना युवाहरु रहेका छन्। पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार सम्मेलनबाट समावेशीताको आधारमा नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ नेतृत्वमा युवाहरुको बाहुल्यता रहेको उनले बताए।


२२ मंसिर २०७८, बुधवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु