punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भारतबाट फर्किनेले ७ दिन क्वारेन्टाइन बस्‍नुपर्ने

Chaupati
safha napa

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्यारेन्टाइनमा राखिने भएको छ। भारतमा पनि कोरोना नयाँ भेरियन्ट ‘ओमीक्रोन’को संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो।

कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचारसमेत गरिएको छ। उनले भने,‘भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टीजेन टेष्ट गर्ने र उनीहरूलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं।’

झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो। यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ। झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाको दुबै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ।

कोरोना विरुद्धको खोपको दुवै डोज लगाएपछि १५ दिन पछि भारत पस्न दिने भारतीय प्रशासनले जनाएको छ।पिथौरागढ जिल्लाधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेहरूलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ।

दुवै डोज खोप लगाएको कार्ड नभएकाहरूलाई सीमाबाट जान नदिने भारतले जनाएको छ। भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिएसँगै बैतडीमा पनि त्यसको जोखिम बढेको छ। बैतडीमा हाल ४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ।


२० मंसिर २०७८, सोमवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु