सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ आइतबारको तुलनामा तलमाथि भएको छैन।
सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन भने ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ।
२० मंसिर २०७८, सोमवार १४:२७ बजे प्रकाशित































