punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

Chaupati
safha napa

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

सपथ ग्रहणपछि बोल्दै सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित अध्यक्ष वीरबहादुर बलायरले कांग्रेस इमान्दारिताका साथ अगाडि बढ्ने बताउँदै भने,‘कार्यकर्ताको घर दैलोमा गएर दुःख सुख साँट्दै कांग्रेसी भएकोमा गर्व गर्ने वातावरण बनाउन हामी लाग्छौँ।’ कुनै पनि कांग्रेसको कार्यकर्ताले अब कांग्रेस भएको नाममा अपहेलित हुन नदिने कुराको ग्यारेन्टी सुनिश्चित गर्ने उनले बताए।

‘कांग्रेस भएकै कारण कसैले अब कोही अपहेलित हुँदैन,’ उनले भने,‘त्यसैले पार्टीका लागि निर्धक्क भएर अगाडि बढ्नुस्।’ प्रदेशको अधिवेशन सकिएको बताउँदै २४ गतेबाट हुने केन्द्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई विजयी गराउन उनले कार्यकर्तालाई अपिल पनि गरे। सपथ ग्रहणपछि प्रदेश समितिको पहिलो बैठक नेपाली कांग्रेसको कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको छ।


२० मंसिर २०७८, सोमवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु