punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपसभापतिमा उठ्ने आचार्यको घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।

उनले कांग्रेर वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेको बताए।‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम-वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।

उनले त्यस्तो वैचारिक हिसाबले कांग्रेसलाई अगाडि बढाउने सभापति को ? भन्ने प्रश्नमा भने, ‘सभापति जो भए पनि म उहाँलाई कन्भिन्स गरेर अघि बढ्छु।’


१८ मंसिर २०७८, शनिवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु