punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको माईलस्टोन बोर्डिङ स्कुलमा ‘विद्यार्थी सङ्ग ट्राफिक प्रहरी’

Chaupati
safha napa

धनगढीको माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलमा राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा ‘विद्यार्थी सङ्ग ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमबाट विद्यार्थीहरूले ट्राफिक नियमहरूको बारेमा आवश्यक जानकारीका साथै आफ्ना जिज्ञासाका प्रतिउत्तर समेत प्राप्त गरेको माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल विद्यालयका अध्यक्ष भुवन मल्लले जानकारी दिए ।

यस्तै, विद्यार्थीसँग ट्राफिक प्रहरी अभियान कैलालीका लागि यो नौलो अभियान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।सकेसम्म धेरै जनमासमा सचेतना फैलाउने ट्राफिक प्रहरीको उद्देश्य भएको उनले बताए ।

माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल परिवारले राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीप्रति आभार व्यक्त गरेको छ ।


१८ मंसिर २०७८, शनिवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु