punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सौताको छोरालाई बिषादी खुवाएर हत्या, आरोपी महिला भारतबाट पक्राउ

Chaupati
safha napa

सौताको छोरालाई बिषादी खुवाई हत्या गरेको आरोपमा कैलाली प्रहरीले एक महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । कैलाली प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सौताको छोराको हत्या आरोपमा पक्राउ परेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भई धनगढीमा डेरी गरि बस्दै आएकी ३५ वर्षीया मागी रोकायालाई सार्वजनिक गरेको हो ।

आरोपी महिलालाई आफूसंगै बस्दै आएका सौताका छोरा १० वर्षीय निशान थापामगरको विषादी खुवाई हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । उनका अनुसार महिलाले कार्तिक २९ गते दुधमा विषादी मिसाएर खुवाई कोटाभित्र थनेर आफ्ना १४ वर्षीया छोरी र ८ वर्षीय छोरासहित फरार भएकी थिइन् ।

महिला कार्तिक २९ गते बालकलाई विषादी खुवाएर छोराछोरीसहित भारतको हरियाणा फरार भएपनि घटना मंसिर २ गते सार्वजनिक भएको थियो ।

प्रहरीले हत्या आरोपी मागी रोकायाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

यसरी भयो घटना ?
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ घर भएका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमै थिए । घरमा एक छोरा र एक छोरी हुँदाहुँदै उनले तीन वर्ष अघि भारतमै निर्मला थापामगर नामकी एक महिलासंग भागी विवाह गरे । निर्मलालंगै निशान पनि साथमै आए ।

निर्मलासंगै आएका निशानलाई धनगढीस्थित हिमालय एकेडेमीमा बार्डर गरेर भर्ना गरे । करीब ३ बर्ष अघि नै मागी रोकाया पनि हाल १४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन घनगढीमा आइन् ।

घरकी श्रीमती र छोराछोरी पनि धनगढीमै आएर बस्न थालेपछि बहादुरले बोर्डस गरेको निशानलाई पनि २ वर्ष अघिदेखि उनीहस्गै राख्न थाले । राछोरीसंगै धनगढी उप–महानगरपालिका वडा नम्बर २ स्थित डेरा गरी बस्ने आएकोमा मागी र श्रीमान बहादुरबीच बादबिवाद गालीगलौज बढ्यो ।

श्रीमानसंगको रिसले मागीले कार्तिक २९ गते मृतक निशान्त स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधि मिसाएर खुवाइन् । विषादी खुवाएपछि निशानलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर उनी आफ्ना छोराछोरी लगेर भारततर्फ लागिन् ।

श्रीमती र छोराछोरी केही दिनदेखि सम्पर्कमा नआएपछि भारतबाट बहादुर रोकायाले मंसिर २ गते धनगढीमा भएका आफन्तलाई उनीहरु बस्ने घरमा बुझ्न पठाए । डेरामा पुगेका आफन्तले त्यहाँ पुगेर कोठामा अगाडिको मुल ढोका बन्द गरेको र पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठा भित्र पङखा चालु अवस्थामा रहेको, भित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको भेटे ।

उनले नै घटनाबारे प्रहरीलाई खबर गरे । तत्काल प्रहरील घटनास्थलमा घटिई हेर्दा सौताको छोरा निशान मृत भेटिए । उनी धनगढी उपमहानगरपालिका वडा नं. २ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने पढ्थे ।

प्रहरीले छोराछोरीसहित फरार रहेकी मागीको खोजतलास सुुरु गर्यो । खोजतलासको क्रममा मागी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि यही मंसिर १४ गते प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली त्यसतर्फ खटियो । भारतीय प्रहरीको सहयोग र समन्वयमा नेपाल प्रहरीले मागीलाई १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरेर नेपाल ल्याउन सफल भयो ।


१७ मंसिर २०७८, शुक्रवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु