punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि बैतडीको टोली छनोट

Chaupati
safha napa

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली चयन गरिएको छ।बैतडी जिल्ला क्रिकेट संघले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीका अन्य सदस्यमा मञ्जु बोगटी, संगिता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन्।

यस्तै पिंकी बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीमा राखिएको छ।मंसिर १० देखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्रीले जानकारी दिए।छनोट भएका खेलाडीका लागि यही मंसिर १५ देखि देहिमाडौंमा बन्दसत्र सञ्चालन गरिने जनाइएको छ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मंसिर २० देखि धनगढीमा सञ्चालन हुनेछ।प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ।

उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।नेपाल क्रिकेट संघको आयोजनामा मंसिर २७ देखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैछ।


१४ मंसिर २०७८, मंगलवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु