punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी

Chaupati
safha napa

नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँगै नेता घनश्याम भूषाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा परेका छैनन् ।

भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

 


१३ मंसिर २०७८, सोमवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु