punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराए

Chaupati
safha napa

नेता घनश्यम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । जारी महाधिवेशन अन्तरगत अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तरगत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु तीनैजना ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका छन् ।


१३ मंसिर २०७८, सोमवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु