punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वैशाख १० सम्म लकडाउन लम्ब्याउने तयारी

Chaupati
safha napa

काठमाडौं ,२ बैशाख । सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ । मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते बन्दाबन्दीको एक महिना पूरा हुनेछ । सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो ।

उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि सरकारले थप कडाइ गरेको थियो । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहजानसम्म निषेध गरेर लकडाउनलाई थप कसिलो बनाएको थियो ।


२ वैशाख २०७७, मंगलवार ००:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु