लक्षणबिनै र्‍यापिङ टेस्टमा एकै परिवारका आमा छोरा र बुहारीलाई देखियो कोरोना

काठमाडौं,2 बैशाख ।
काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ।

नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीहरु आमा, छोरा र बुहारी हुन्। तीनै जनालाई तत्कालै पाटन अस्पताल भर्ना गरिएको छ।

अब उनीहरुको नमूना पिसिआर प्रविधिबाट जाँच गरेपछि निश्चित गरिने अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए।


२ वैशाख २०७७, मंगलवार ००:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु