अमेरिकामा संक्रमितको संख्या घट्दै, मृतकको संख्या २३ हजार नाघ्यो

काठमाडौँ ,२ बैशाख । अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या घट्दै गएको देखिएको छ ।

पछिल्ला केहि दिनदेखि तिब्र गतिमा बढ्दै गएको देखिएपछि २४ घण्टाको अपडेटमा घटेको देखिएको छ । अमेरिकामा एकै दिन २६ हजार १२५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ लाख ८६ हजार ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा १५ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । योसँगै अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या २३ हजार ५९२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । त्यस्तै अमेरिकामा अहिलेसम्म ३६ हजार २०५ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १२ हजार ७७२ जनाको आइसीयुमा उपचार भइरहेको छ ।


२ वैशाख २०७७, मंगलवार ००:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु