punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उम्मेदवारी फिर्ता लिन्नँ :रावल

Chaupati
safha napa

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन्। एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष रावलले आज उम्मेदवारी दर्ता गर्ने बताए ।

फिर्ता लिनको लागि उम्मेदवारी घोषणा नगरेको जिकिर गर्दै उनले भने, ‘मैले चुनाव लड्न पो उम्मेदवारी दिने घोषणा गरेको हो त । फिर्ता लिनलाई मैले उम्मेदवारी दिने घोषणा गरेको होइन ।’

फिर्ताको लागि आग्रह र दबाबसमेत आएको बताउँदै रावलले थपे, ‘चुनाव भनेको लोकतन्त्रको सौन्दर्य पनि हो । खाली फिर्ता लिई भनेर मात्रै हुँदैन ।’ अध्यक्षमा ओली सर्वसम्मत रूपमा आउने भनिएको थियो, यद्यपि रावलले ओलीलाई चुनौती दिँदै उम्मेदवारी दिने घोषणा गरेका छन् ।


११ मंसिर २०७८, शनिवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु