ठूलो धनराशिको “प्रथम घोडाघोडी कप २०७८” आयोजना हुने
कैलालीको घोडाघोडी नगरपालिका-३ मा, “प्रथम घोडाघोडी कप” फुटबल आयोजना हुने भएको छ ।यही मंसिर १५ गते देखि २२ गते सम्म आयोजना हुने भएको हो । जसको प्रथम पुरस्कार एक लाख धन राशि रहेको आयोजकले जनाएको छ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ घोडाघोडी नगरपालिका-३,जुरपानी खेल मैदानमा घोडाघोडी स्पोर्टस् क्लबको आयोजनामा प्रदेश स्तरिय खुला “नेपाल आइस घोडाघोडी कप २०७८ ” फुटबल आयोजना हुने भएको छ ।
उक्त खेल जुरपानी खेलमैदानमा मंसिर १५ गते बुधबार देखि सुरु २२ गते सम्म खेल सञ्चालन हुने घोडाघोडी स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
उक्त सम्मेलनमा क्लबले स्थानीय स्तरका खेलाडीलाई प्रोत्सानका साथै दुरदराजमा रहेका खेलाडीको पहिचान गराउने उद्देश्यले उक्त कपको आयोजन गरिने जनाइएको छ । साथै घोडाघोडी – ३ जुरपानीमा निर्माण भइरहेको पार्कको प्रचार प्रसारको लागि जुरपानीमा उक्त खेल आयोजन हुने आयोजकले जनाएको छ ।
उक्त खेलमा ३० टिमको सहभागिता गराउने उद्देश्य लिइएको जनाएको छ । सो खेलको मुख्य प्रायोजकको रूपमा नेपाल आइस रहेको पनि आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
९ मंसिर २०७८, बिहीवार १४:३२ बजे प्रकाशित













