punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडुवाल हत्या : आरोपीले बोक्ने दुई पेस्तोल बरामद

Chaupati
safha napa
कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार नवीन रावलले प्रयोग गर्ने दुई पेस्तोल बरामद भएका छन्।
प्रहरीले टीकापुरस्थित सिद्धार्थ होटेलबाट रावल समूहले प्रयोग गर्ने दुई पेस्तोल बरामद गरेको हो। पेस्तोल होटेलको कोठाभित्रको शौचालयमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । बडुवाल हत्याका मुख्य योजनाकार रावल भने अझैं फरार छन् ।
यस्तै रावल समुहले हत्याको समयमा प्रयोग गरेका दुई मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।प्रहरीले बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ ।
भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। उनीहरूमध्ये १० जना पक्राउ परिसकेका छन् ।

९ मंसिर २०७८, बिहीवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु