punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन्।काठमाडौंको एक पार्टी प्यालेसबाट उम्मेदवारी घोषणा गर्दै लिङ्देनले युवाहरू नेतृत्वमा आउनुपर्छ भनेरै आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। यसरी नै पार्टी पदाधिकारीमा समेत युवाहरुलाई स्थान दिइने उनको भनाइ छ।

आफ्नो टिमले भ्रष्टाचारलाई व्यवहारिक सत्रुको रुपमा लिने लिङ्देनले बताए। ‘मैले संसद्‌मा पनि भनेको छु। अन्य कार्यक्रमहरुमा पनि भनेको छु। भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो। त्यो कुरालाई निरन्तरता दिने मात्रै होइन। राप्रपापनि त्यहीँ ढंगले विकसित गरेर लग्छौं। नेपालमै सुसंस्कृत राजनीतिक परम्पराको विकास गर्छौं’ लिङदेनले भने।

राप्रपामा नेतृत्व परिवर्तनको कुरा उठाएपनि मूर्त रुपमा नलिएपछि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ। उनले राप्रपा चलाउन सक्ने युवाहरु तयार भइसकेका छन् भन्ने सन्देश दिएको बताए।यस्तै, महामन्त्रीमा धवल शमशेर राणाले उम्मेदवारी दिने घोषणा गरेका छन्। राणा नेपालगञ्ज उपमहानगरपालिका मेयर समेत हुन। लिङ्देन राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधि सभा सदस्य हुन्।


९ मंसिर २०७८, बिहीवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु