कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि लम्कीमा तनाव सृजना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा घटनास्थलमै महिलाको मृत्यु भएपछि तनाव भएको हो ।
स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ । तर, प्रदर्शनकारीले ट्रकमा आगजनी गरेका छन् ।अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।
९ मंसिर २०७८, बिहीवार १३:३९ बजे प्रकाशित













