punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या

Chaupati
safha napa

कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। राति ९ बजेतिर टीकापुरको शिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २३ वर्षीय भुपेन्द्र बडुवालको चक्कु प्रहार गरेर हत्या भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले बताए।

दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। चार/पाँच जनाको समूहमा आएका युवाहरूले बडुवाललाई चक्कु प्रहार गरेर फरार भएको स्थानीयले बताएका छन् ।

आक्रमणकारीहरूले बडुवालको पेट र छातीमा चक्कु प्रहार गरेका छन् । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ ।

घटनास्थलबाट एक स्कुटर र मोटरसाइकल नियन्त्रणमा लिइएको र अनुसन्धान अगाडि बढाइएको डीएसपी सापकोटाले बताए ।


२३ कात्तिक २०७८, मंगलवार २३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु