punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै हालतमा राजीनामा नदिने र संवैधानिक बाटोबाहेक कुनै पनि तरिकाले पद नछाड्ने संकेत गरेका छन् ।कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले राजीनामा नदिने बरु आफूलाई प्राप्त अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताएका हुन् ।

ज्ञापन पत्र बुझाउन गएका अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधान न्यायाधीश जानकार रहेको बताउँदै संविधानबमोजिम आफ्नो नियुक्ति भएकाले संविधानबमोजिम नै बहिर्गमन हुन चाहेको बताएको जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।

अभियानले सर्वोच्च अदालतमा सुनुवाइ नियमित गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति विसंगति अन्त्य गर्ने पहल थाल्न प्रधान न्यायाधीशलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।


२३ कात्तिक २०७८, मंगलवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु