punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावल फर्किए, ३० लाख रुपैयाँ फिर्ता भएन

Chaupati
safha napa

तत्कालिन नेकपा कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भीम रावलको नेतृत्वमा पार्टीको खाताबाट लिइएको ३० लाख रुपैयाँ फिर्ता नभएको पाइएको छ । रावल तत्कालिन समयमा प्रचण्ड–माधव समूहमा रहेका बेला उनकै नेतृत्वमा प्रदेश कमिटीको खाताबाट झिकिएको रकम अझै फिर्ता नभएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

उनी एमाले व्युतिसकेपछि माधव समूह हुँदै एमालेमै फर्के पनि ३० लाख रुपैयाँको हिसाव नआएको एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले बताए । मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा बोल्दै उनले यस विषयका कुनै छलफल नभएको बताए ।

‘पार्टीमा पहिला साँगठनिक रुपमा पार्टीलाई व्यवस्थित गरौं भन्नेर छलफलमा लाग्यौं, त्यहाँ उहाँसंग कुरा नमिलिरहँदा खाताको प्रश्ननै आएन’ उनले भने, ‘यस विषयमा कुरा गर्ने मौका पनि भएको छैनन् । उहाँले पनि अहिलेसम्म केही भन्नुभएको छैन । हामीले पनि सोधेका छैनौ ।’ उनले यस विषयमा बिस्तारै छलफल गर्ने बताए ।

‘उहाँ पार्टीको उपाध्यक्ष भएकाले पार्टीको रकम फिर्ता दिनुहोला भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।’रावलको नेतृत्वमा नेकपाको विवाद हुँदाताका ३० लाख रुपैयाँ लुटेको आरोप लागेको छ । रावलले पनि आफू इन्चार्ज भएकाले प्रदेश कमिटीको खाताबाट पैसा निकालेको स्वीकार गरिसकेका थिए ।


२३ कात्तिक २०७८, मंगलवार १९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु