punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको कैलारीमा राति नाचगान गर्न रोक

Chaupati
safha napa

कैलालीको कैलारी गाउँपालिकामा राति नाचगान गर्न रोक लगाइएको छ ।रात्रिकालीन नाचगानका कारण झैझगडा भइ शान्ति, सुरक्षा, अमनचयनमा असर परेको भन्दै राति नाचगान गर्न रोक लगाइएको हो ।

इलाका प्रहरी कार्यालय हसुलियाको आग्रहमा कैलारी गाउँपालिकाको कार्यालयले सो गाउँपालिकाभरि रात्रिकालिन नाचगानमा रोक लगाउनका लागि नौ वटै वडामा पत्राचार गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले रातिको समयमा डिजे, नाचगान लगायतका साँस्कृतिक कार्यक्रम नगर्न नगराउन मंगलबार सूचना जारी गरेका छन् ।

इलाका प्रहरी कार्यालयले रात्रिकालीन नाचगानका कारण विभिन्न आपराधिक घटनाका घट्नुका साथै सवारी दुर्घटना पनि भइरहेको जनाएको छ ।यस्तो घटनामा मानवीय क्षति पनि भइरहेकाले रातिको समयमा नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न नदिन गाउँपालिकालाई लिखित अनुरोध गरेको थियो ।


२३ कात्तिक २०७८, मंगलवार १९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु