punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानार्थ महारथीको सम्मान ग्रहण गर्न सेनापति शर्मा भारत प्रस्थान

Chaupati
safha napa

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ।उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिए । सेनापति शर्मा भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत जानुभएको हो ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई भोलि बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ।


२३ कात्तिक २०७८, मंगलवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु