punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

Chaupati
safha napa

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गर्भपतन गराउनेमा २० देखि ३५ वर्षसम्मका महिला बढी रहेका छन्।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार १९९ जनाले सुरक्षित गर्भपतन गराएका छन्।

जसमध्ये २० वर्ष मुनिका ९० जना र २० वर्षमाथिका दुई हजार १०९ जना रहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा दुई हजार १३ र आर्थिक वर्ष २०७६र७७ मा दुई हजार १७६ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन्।

प्रजनन स्वास्थ्यको सुरक्षार्थ महिलाहरूलाई सुरक्षित रुपमा गर्भपतन गराउन कानुनी मान्यता दिइएपछि सहज भएको छ। तर गर्भपतनलाई परिवार नियोजनको बैकल्पिक उपायका रुपमा लिँदा भने स्वास्थ्यमा नराम्रो असर पर्ने स्वास्थ्य कार्यालयका प्रजनन सम्पर्क व्यक्ति कपिलदेव जोशीले बताए।

‘गर्भपतनलाई परिवार नियोजनाको बैकल्पिक उपायका रुपमा लिँदा बारम्बार गरिने गर्भपतनले महिलाको स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ‚’ जोशीले भने, ‘यसलाई परिवार नियोजनको उपायका रुपमा लिइनु हुँदैन। बारम्बार गरिने गर्भपतनले महिलाको पाठेघरमा क्यान्सर लगायतको समस्या हुन सक्छ।’

सन् २००२ मा नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो। जस अनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था रहेको छ।


२३ कात्तिक २०७८, मंगलवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु