माओवादीले यथास्थितिमा एमसीसी पास गर्दैन् भ्रममा नपरौं : नारायणकाजी
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार नगर्ने बताएका छन्। सत्ता गठबन्धनका नेतासमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न नसक्ने बताएका हुन्।उनले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेकोसमेत बताएका छन्।
‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्बाट पारित गर्न सकिन्न’ नेता श्रेष्ठले ट्वीट गरेका छन् ‘यो नै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।’
२० कात्तिक २०७८, शनिवार ०९:०० बजे प्रकाशित






























