punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दीपावली खुसियाली साटासाट गर्ने एकताको पर्व : मुख्यमन्त्री भट्ट

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुसियाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रुपमा रहेको बताएका छन्।शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशबासीलाई आपसी सद्भाव भ्रातृत्व र एकताको सुत्रमा आबद्ध गरी खुसियाली साटासाट गर्दै सामाजिक एकता कायम गर्न सघाउ पुर्‍याउने बताएका छन्।

‘कोरोना भाइरस (कोभिड १९) का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई दीपावली पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको छु’ उनले जारी गरेको सन्देशमा भनेका छन्।

मुख्यमन्त्री भट्टले प्रदेशबासीहरूमा सुख शान्ति, समृद्धि, सु स्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामनासमेत शुभकामना सन्देशमा उल्लेख गरेका छन्।


२० कात्तिक २०७८, शनिवार ०९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु