punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको छतबाट खसेर मृत्यु

Chaupati
safha napa

बसको छतबाट खसेर घाइते भएका सल्यानका एक ब्यक्तिको दाङमा उपचारका क्रममा मृत्यु भएको छ।सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ का ३४ वर्षीय रविन्द्र बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले जानकारी दिए।

सल्यानको श्रीनगरबाट तिहारको लागि किनमेल गरेर गएका बोहोरा घरमा पुगेपछि सामान झार्ने छतमा चढेको समयमा त्यहीँबाट लड्न पुगेको डिएसपी थापाले बताए।

आफू बस भित्र सिटमा बसेर गएका बोहोरा घर पुगेपछि तिहारका लागि किनमेल गरि ल्याएको सामान निकाल्न जाँदा साबधानी नअपनाउनुकै कारण छतबाट लड्न पुगेको देखिएको डिएसपी थापाले जानकारी दिए।


१९ कात्तिक २०७८, शुक्रवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु