punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्ताे छ आजकाे माैसम ?

Chaupati
safha napa

आज मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सामान्य बदलीको आकलन गरिएको छ । शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसो – देशको प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति – देशको प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार
दिउँसो –देशका प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति – देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


१९ कात्तिक २०७८, शुक्रवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु