punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई बेलायतद्वारा अनुमति

Chaupati
safha napa

लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।

‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ ।

सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसका लागि यो औषधि महत्त्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाका बिरामीलाई घरमै लैजान सक्ने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो देश बनेको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । ‘मोल्न्यूपिरभीर’ अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको हो ।

यो औषधि सुईको रूपमा लिनुभन्दा खान सकिनेछ । कोरोनाबाट सङ्क्रमण भएर हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने कारक भएका, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा यो औषधि प्रयोगको अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ ।


१९ कात्तिक २०७८, शुक्रवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु