आगलागी पिडितलाई माओवादीका नेता साउँदको सहयोग
अछाम जिल्लाको चौरपाटी गाउँपालिकाका ६ दुनिका आगलागी पिडित झुसे साउँदको परिवारलाई सहयोग गरिएको छ । बिहिबार विहान घरमा आगलागी भएका साउँदको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछामका जिल्ला कमिटी सदस्य जीवन बिक्रम साउँदले सहयोग गरेका हुन ।
घर गोठ जलेर समस्यामा परेका स्थानीय झुसे साउँदको परिवारलाई नेता साउँदले तत्कालको लागि भन्दै खाद्यान्न, भाडाकुडा र त्रीपाल सहयोग गरेका हुन ।
उनका अनुसार त्रीपाल १ थान, खाना पकाउने भड्डु एक थान, डिबे एक थान, डाडुपन्यु एक सेट, ५ वटा थाल, ५ वटा कचौरा, २ वटा लोटा, ५० किलो चामल, ५ किलो दाल, २ पोका खानेतेल र एक प्याकेट नुन दिर्घ साउँद र बहादुरे साउँद मार्फत उपलब्ध गराइएको हो ।
यस्तै नेता साउँदले संघ संस्था, व्यक्ती र सम्बन्धित स्थानीय तहलाई सहयोग पनि सहयोग गर्न अनुरोध गरेका छन । साथै दीर्घकालीन व्यवस्थापनको लागि हाम्रो पार्टीको तर्फबाट पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन । साउँदको घरमा बिहिबार बिहान आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
१८ कात्तिक २०७८, बिहीवार १५:४६ बजे प्रकाशित































