punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘अर्ली इलेक्सन’को सम्भावना छैन : माधव नेपाल

Chaupati
safha napa

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसै–कसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका हुन्।

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भइरहेको जानकारी समेत दिए।

अध्यक्ष नेपालले भने, ‘इलेक्सन समयमा हुन्छ। त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरु हुन्छ। जस्तो राष्ट्रियसभाको चुनाव छ। त्यो गर्नै प¥यो समयमा। अब उपनिर्वाचनहरुको कुरा पनि चलिराख्या छ। प्रदेशसभाको निर्वाचनको कुरा। त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ।

सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो। कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन।’अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए।


१६ कात्तिक २०७८, मंगलवार १८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु